आर्सनलको जितमा शाकाको शानदार प्रदर्शन
आइतबार, ०२ भदौ २०८१, ०६ : १५
काठमाडौँ । बुकायो शाकाको प्रेरणामा आर्सनलले वूल्भ्समाथि सहज जित हासिल गर्न सफल भएको छ । शनिबार राति प्रिमियर लिग अन्तरगतको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।
शाकाले पहिलो हाफको २५ औँ मिनेटमा काई हाभर्ट्जका लागि गोलको अवसर सिर्जन गरेका थिए । दोस्रो हाफको ७४ औँ मिनेटमा हाभर्ट्जले पैँचो तिर्दै शाकाका लागि गोलको अवसर सिर्जना गरे ।
शनिबार नै भएका अन्य खेलमा ब्राइटनले एभर्टनलाई ३–० गोलले हरायो । त्यस्तै, न्युक्यासलले साउथह्याम्पटनमाथि १–० को जित हासिल गर्यो ।
नटिङह्याम फरेस्ट भने बोर्नेमाउथसँग १–१ को बराबरीमा रोकियो । एस्टन भिल्लाले वेस्ट ह्यामलाई उसैको घरेलु मैदानमा २–१ गोलले पराजित गर्न सफल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण