भार्डीको गोलले हारबाट जोडियो लेस्टर सिटी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार सम्पन्न खेलमा लेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई १–१ गोलको बराबरीमा रोकेको छ । घरेलु मैदानमा लेस्टरले खेलको प्रारम्भदेखि नै टोट्टनहामलाई दबाबमा राखेको थियो ।
खेल सुरु भएको २९औँ मिनेटमा टोट्टनहामले अग्रता लिएको थियो । टोट्टनहामका लागि पेड्रो पोरोले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा टोट्टनहाम अगाडि रह्यो । निर्धारित समयको ५७औँ मिनेटमा लेस्टरका सदाबहार स्ट्राइकर जामी भार्डीले जवाफी गोल फर्काएका थिए ।
सोही गोलका कारण लेस्टर सम्भावित पराजयबाट जोडिएको थियो । यसै वर्ष टोट्टनहाममा आबद्ध भएका डोमिनिक सालान्केले केही गतिलो अवसर खेर फालेका थिए । डोमिनिकलाई ६ करोड ५० लाख पाउण्डमा टोट्टनहामले भित्राएको हो ।
जारी सिजनको प्रिमियर लिगमा सबै टोलीले एक–एक खेल खेलिसकेका छन् । एक–एक अंक बटुलेका लेस्टर १०औँ र टोट्टनहाम १२औँ स्थानमा छन् । आठवटा टोलीले मात्र सिजनको सुरुआत जितबाट गरेका छन् । ब्राइटन, आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, एस्टन भिल्ला, ब्रेन्टफोर्ड, म्यानचेस्टर युनाइटेड र न्युक्यासल आफ्नो पहिलो खेलमा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण