इमरान खानले दिए अक्सफोर्ड विश्वविद्यालयको कुलपतिका लागि आवेदन
इस्लामावाद । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।
इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । इमरान खानको निर्देशनमा आफूले ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि खानको आवेदन फारम बुझाएको उनले बताएका छन् ।
यसबारे अक्सफोर्ड विश्वविद्यालयले भने अहिलेसम्म केही पनि बताएको छैन । विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्नेछ । मतदान भने २८ अक्टोबरमा अनलाइनबाट हुनेछ ।
इमरान खानलाई व्यक्तिगत फाइदाका लागि गैरकानुनी रूपमा सरकारी उपहार बेचेकोलगायत धेरै कुराको आरोप लागेको छ । तर उनले भने आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानलाई मनमानी ढङ्गले कैदी बनाइएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण