आईपीएल क्लब लखनउ सुपर जायन्ट्समा गौतम गम्भीरको स्थान लिँदै जहिर खान
काठमाडौँ । गौतम गम्भीर हाल भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक हुन् । राहुल द्रबिडको कार्यकाल सकिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।
त्यसअघि गम्भीर विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोलकाता नाइट राइडर्सको मेन्टर थिए । कोलकाता नाइट राइडर्समा आबद्ध हुनुअघि उनी लखनउ सुपर जायन्ट्सको मेन्टर थिए ।
गम्भीरले छाडेपछि लखनउ सुपर जाइन्ट्सले हालसम्म नयाँ मेन्टर राखेको छैन । त्यसैले गम्भीरले छाडेको स्थानमा अब लखनउले जहिर खानलाई मेन्टर बनाउने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लखनउ सुपर जायन्ट्स पछिल्लो समय मेन्टरसँगै बलिङ प्रशिक्षकको पनि खोजीमा छ । बलिङ प्रशिक्षक मोर्ने मोर्केलले पनि पदत्याग गरिसकेका छन् । बीसीसीआईले मोर्केललाई भारतीय टोलीको बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
यस्तो स्थितिमा लखनउ सुपर जायन्ट्सले दोहोरो फाइदा हुने देखेर जहिर खानलाई आफ्नो नयाँ मेन्टर बनाउने तयारी गरेको हो । जहिर खान आफै पनि प्रभावशाली बलर हुन् । क्रिकबजका अनुसार, लखनउ सुपर जायन्ट्स र जहिर खानबिच विभिन्न चरणमा वार्ता पनि भइसकेको छ ।
जहिर खानले भारतको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले सन् २००० देखि सन् २०१४ सम्म भारतीय टोलीबाट खेलेका थिए ।
उनले ९२ टेस्ट, दुई सय एकदिवसीय अन्तर्राष्ट्रिय र १७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्टमा तीन सय ११, एक दिवसीयमा दुई सय ८२ र टी–२० अन्तर्राष्ट्रियमा १७ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण