इरानमा बस दुर्घटनामा परेर २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु
बुधबार, ०५ भदौ २०८१, १३ : १२
तेहरान । पाकिस्तानी तीर्थयात्रीहरू चढेको बस पल्टिँदा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमले बताएअनुसार यो घटना मंगलबार राती मध्य इरानी प्रान्त याज्दमा भएको हो । बसको ब्रेकमा समस्या आएपछि बस पल्टिएर आगो लागेको बताइएको छ ।
यस घटनामा अरू २३ जना घाइते भएका छन् । यसमा पनि सात जनाको अवस्था गम्भीर रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन विभागका निर्देशकले सरकारी टिभीलाई भनेका छन् । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इरान भएर इराकको कार्बाला सहर जाँदै थिए ।
घटनाको समयमा बसमा ५३ जना सवार रहेको बताइएको छ । यस घटनामा परेर मर्नेमा ११ जना महिला र १७ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण