भ्रष्टाचार नियन्त्रण सरकारको मौखिक प्रतिबद्धता मात्र होइन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेका कामहरूबाट नागरिकमा आशा जाग्न थालेको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले सरकारले यथार्थमा परिवर्तन ल्याउने काम गर्ने भन्दै सरकारले थालेका कामहरूबाट आशा जाग्न थालेको बताएका हुन् ।
‘हामी जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा लागेका छौँ र छोटो परिणाम देखिन थालेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘गतवर्षको तुलनामा साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्च वृद्धि भएको छ ।’
उनले घरजग्गा कारोबार वृद्धि हुँदै गएको, पुँजिबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए ।उनले भने, ‘राष्ट्रका घोषित नीतिहरूको उद्देश्य पुरा गर्न यो सकारात्मक संकेत हो । यस्ता कुराहरूले अवश्य नै जनतामा निराशा होइन, आशावादित जगाउँदै जानेछ ।’ भ्रष्टाचार नियन्त्रण गर्न सरकारले लिएको नीति मौखिक प्रतिबद्धता मात्र नभएर व्यवहारमै उतार्ने र त्यसका लागि सवै निकायसँग समन्वय र सहकार्य गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण