सफल बन्न युवालाई राजेश हमालको टिप्स : सधैँ सजिलो बाटो नखोज्नुस्,आफैँ बाटो खन्नुस्
काठमाडौँ । महानायक राजेश हमालले युवाहरूमा इच्छाशक्ति र आत्मविश्वास भए कुनै पनि काम गर्न असम्भव नरहेको बताएका छन् । शनिबार काठमाडौँमा काठमाडौँ यूथ कनक्लेभ—२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै हमालले सधैँ अरूले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पारे ।
उनले भने, ‘तपाईंमा तीव्र इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईँहरू अघि बढ्नुस् । खालि सजिलो बाटो नखोज्नुस् । बनाएको बाटो मात्रै नखोज्नुस् । यसमा गएर फलानोले राम्रो प्राप्त गर्यो, त्यसमै लाग्नुपर्छ, यसमा यो यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस् । आफ्नो भित्री प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस् । बाटो पहिल्याउन सके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ । युवाहरूमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र सङ्कल्प हुनुपर्छ ।’
आफ्नो युनिकनेस पत्ता लगाएर युवाहरूले काम गर्नुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण