छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शनिबार, ०८ भदौ २०८१, १६ : ०३
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
- धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३७ वर्षीय निर बहादुर सारूको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सर्लाही, बरहथवा नगरपालिका-१० किसनपुरस्थित टिकुलीयाबाट बरहथवातर्फ जाँदै गरेको प्र.२-०३-०२० प ३२४५ नम्बरको मोटरसाइकले साइकललाई ठक्कर दिई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कविलासी नगरपालिका-४ हेमपुर बस्ने ४३ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-५ कोशी बाँधस्थित सडकमा स.२ प ७२९६ नम्बरको मोटरसाइकल र को.३४ प ५४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स.२ प ७२९६ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका-१५ बस्ने ५२ वर्षीय विनोद कुमार साहको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका को.३४ प ५४४९ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि अस्पतालतर्फ लगिएको छ ।
- झापा, दमक नगरपालिका-९ चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको प्रदेश १-०२०४१ प ५०८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण