कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शङ्कास्पद वस्तु फेला
आइतबार, ०९ भदौ २०८१, ०९ : ०४
काठमाडौँ । धनगढी उपमहानगरपालिका ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शङ्कास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले पुरानो झोलामा तार बेरिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो ? भन्ने स्पष्ट हुन नसकेको उनले बताए ।
उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ अहिले उक्त देउवा निवासमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
-
गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना
-
वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण