कैलालीको जंगलमा एक जनाको शव फेला
आइतबार, ०९ भदौ २०८१, २२ : २४

घोडाघोडी । घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आज साँझ एक जनाको शव फेला परेको छ । कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए ।
उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ । शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै