२४ घण्टामा विष्णु माझीको गीत २४ लाख पटक हेरियो, बटुल्दै चर्चा

काठमाडौँ । पछिल्लो समय सर्वाधिक खोजीकी गायिका हुन्, विष्णु माझी । सार्वजनिक जीवनमा नदेखिने माझीबारे निकै खोजी भएपनि उनले शुभेच्छुकहरुलाई ‘सिस्पोन्स’ भने गरेको पाइँदैन ।
गुपचुप रुपमा श्रीमान सुन्दरमणि अधिकारीको माध्यमबाट गीत ल्याउँछिन् उनी । यसैक्रममा पछिल्लो समय पुतलीको भट्टी भाग–२० को रुपमा उनले नयाँ तिज गीत ‘आइनँ आमा यो तीजमा’ बोलको गीत ल्याएकी छन् ।
जुन गीत सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै २४ लाख पटकभन्दा बढी हेरिसकिएको छ । गीतमा माझीको चर्चामात्रै भएको छैन उनको ‘भूमिगत’शैलीको जीवनशैलीबारे पनि खोजीनीति भइरहेको छ ।
गीतमा विष्णुका श्रीमान अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भीडीओलाई शम्भु चालिसेले छायाङकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।
युट्युबमा कतिपय दर्शक–स्रोताले बल्ल वास्तविक तीजको गीत आयो भनेर टिप्पणी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने