२४ घण्टामा विष्णु माझीको गीत २४ लाख पटक हेरियो, बटुल्दै चर्चा
काठमाडौँ । पछिल्लो समय सर्वाधिक खोजीकी गायिका हुन्, विष्णु माझी । सार्वजनिक जीवनमा नदेखिने माझीबारे निकै खोजी भएपनि उनले शुभेच्छुकहरुलाई ‘सिस्पोन्स’ भने गरेको पाइँदैन ।
गुपचुप रुपमा श्रीमान सुन्दरमणि अधिकारीको माध्यमबाट गीत ल्याउँछिन् उनी । यसैक्रममा पछिल्लो समय पुतलीको भट्टी भाग–२० को रुपमा उनले नयाँ तिज गीत ‘आइनँ आमा यो तीजमा’ बोलको गीत ल्याएकी छन् ।
जुन गीत सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै २४ लाख पटकभन्दा बढी हेरिसकिएको छ । गीतमा माझीको चर्चामात्रै भएको छैन उनको ‘भूमिगत’शैलीको जीवनशैलीबारे पनि खोजीनीति भइरहेको छ ।
गीतमा विष्णुका श्रीमान अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भीडीओलाई शम्भु चालिसेले छायाङकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।
युट्युबमा कतिपय दर्शक–स्रोताले बल्ल वास्तविक तीजको गीत आयो भनेर टिप्पणी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण