कोहलीले धवनको संन्यासबारे लेखे भावुक सन्देश
सोमबार, १० भदौ २०८१, ०८ : १५
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान तथा पूर्व कप्तान विराट कोहलीले शिखर धवनको संन्यासबारे आफ्नो प्रतिक्रिया एक्समा एक पोष्टमार्फत सेयर गरेका छन् । कोहलीले लेखेका छन्, ‘तिम्रो शानदार डेब्यूदेखि भारतको सबैभन्दा भरपर्दो ओपनर बन्नेसम्म, तिमीले हामीलाई अनगिन्ती सम्झनाहरू दिएका छौ।’
विराटले शिखरका लागि लेखेका छन्, ‘खेलप्रतिको तिम्रो लगन, तिम्रो खेलकुद भावना र तिम्रो विशेष मुस्कान सधैँ सम्झिरहनेछौँ तर तिम्रो विरासत सधैँ जीवित रहनेछ।’
उनले थप लेखेका छन्, ‘सम्झना, अविस्मरणीय प्रदर्शन र सधैँ हृदयदेखि नेतृत्वको लागि धन्यवाद। मैदानबाहिर, गब्बरको अर्को इनिङ्सको लागि शुभकामना।’
शनिबार, पूर्व भारतीय क्रिकेट ब्याट्सम्यान शिखर धवनले एक भावनात्मक भिडियो सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण