रियलको जितमा एन्ड्रिकको गोल, एम्बाप्पे चुके
सोमबार, १० भदौ २०८१, ०५ : ५३
स्यान्टियागो बर्नेबेउ । युवा खेलाडी एन्ड्रिकले ला लिगाको डेब्यूमा गोल गर्दा रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ । साबिक विजेता टोलीले घरेलु मैदानमा रियल भालाडोलिडलाई ३–० गोलले हराएको हो ।
खेलको लामो समय भालाडोलिडले रियलको किलियान एम्बाप्पे, भिनिसियस जुनियर र रोड्रिगोको आक्रमणलाई रोक्न सफल भएको थियो । तर, दोस्रो हाफको सुरुवातमा फेडेरिको भालभर्डेले गोल गरेपछि खेल खुला बनेको थियो ।
सब्सिटिट्युट ब्राहिम डियाजले ८८ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने । १८ वर्षीय एन्ड्रिकले इन्जुरी समयमा टोलीका लागि तेस्रो गोल थपे । उता, घरेलु मैदानमा डेब्यू गरेका एम्बाप्पे भने गोल गर्नबाट चुकेका थिए ।
पहिलो खेलमा मायोर्कासँग १–१ को बराबरीमा रोकिएको रियलले अब बिहीबार लास पालमासको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण