सरकारी मोटरसाइकलले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु
सुर्खेत । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् ।
उनलाई सरकारी मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार ठक्करबाट उनको टाउको र आँखामा गहिरो चोट लागेको थियो ।
‘गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा माया नर्सिङ होम र त्यसपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरियो,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको छ ।’
प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ । उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएका थिए । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव निरीक्षक विश्वकर्माका अनुसार कसैले हुम्ला खानेपानी कार्यालयको भनेपछि अझै यकिन नभएको र अनुसन्धान भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका हुम्लामा सरकारी मोटरसाइकल किनेर सुर्खेतमा चलाउँदै आएको अनुमान प्रहरीको छ । तर कर्मचारी नै नभएको व्यक्तिले कसरी सरकारी मोटरसाइकल प्रयोग गरे ? यो अनुसन्धानको विषय बनेको र उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण