अस्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा सीमा तोक्ने
क्यानबेरा । अस्ट्रेलियाले पढ्नका लागि आफ्नो देशमा आउने विदेशी विद्यार्थीको सङ्ख्यामा सीमा तोक्ने भएको छ । अध्यागमनलाई कोभिडको महामारी पूर्वको स्तरमा फर्काउने सरकारी कोसिस चलिरहँदा यो कदम चाल्न लागिएको हो ।
अस्ट्रेलिया विदेशी विद्यार्थीको लागि सबैभन्दा ठुलो बजार हो । तर सन् २०२५ मा भने त्यहाँ २ लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै भित्र्याइने भएको छ ।
हरेक उच्च शैक्षिक संस्थाले भर्ना लिन सक्ने विद्यार्थीको सङ्ख्या तोकिएको मंगलबार सरकारले बताएको छ । सबैभन्दा धेरै कटौती व्यावसायिक शिक्षा तथा तालिम प्रदायककहाँ गरिएको छ । यो हेरफेरले शिक्षा उद्योग सरकारसँग रुष्ट छ ।
केही विश्वविद्यालयले यसलाई ‘आर्थिक तोडफोड’ भनेका छन् । तर सरकारले भने शैक्षिक क्षेत्रको गुणस्तर र दीर्घायु सुधार्न यो कदम चालिएको भनिरहेको छ । अस्ट्रेलियामा झन्डै ७ लाख १७ हजार ५०० विदेशी विद्यार्थी पढिरहेको सन् २०२४ को सुरुमा सार्वजनिक भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको थियो ।
कोभिडको समयमा विदेशी विद्यार्थी नआउँदा उच्च शैक्षिक संस्था मारमा परेको शिक्षा मन्त्री जासोन क्लेयरले स्वीकार गरेका छन् । तर अहिले त्यहाँको विश्वविद्यालय र निजी व्यावसायिक तथा तालिम प्रदायक संस्थामा कोभिडअघिको भन्दा क्रमशः १० प्रतिशत र ५० प्रतिशत धेरै विद्यार्थी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण