बाइडेन प्रशासनले सामग्री हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूहरूलाई कोभिडसँग सम्बन्धित पोस्टहरू काटछाट गर्न दबाब दिएको मेटा मालिक मार्क जुकरबर्गले भनेका छन् । मेटा फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामको माउ कम्पनी हो । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई लेखेको पत्रमा आफूलाई दिएको दबाबबारे लेखेका हुन् ।
सन् २०२१ मा महिनौंसम्म व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले आफूहरूलाई कोभिड–१९ सँग सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिएको उनले पत्रमा लेखेका छन् । हटाउन भनिएको सामाग्रीमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि रहेको बताइएको छ । आफूहरू यसका लागि सहमत नभएपछि आफ्नो टिमप्रति प्रशासनले निराशा व्यक्त गरेको पनि उनले लेखेका छन् ।
सामग्री हटाउने वा नहटाउने आफ्नो निर्णय भएको उनले बताए । आफ्नो निर्णयका लागि आफूहरू नै जिम्मेवार रहेको पनि उनले भनेका छन् । ‘सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामीहरूले यस विषयमा बढी नबोलेकोमा मलाई खेद छ,’ उनले लेखका छन् । कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्डसँग सम्झौता गर्नु हुँदैन् भन्ने आफूलाई लागेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण