बाइडेनका लागि अझैँ महत्त्वपूर्ण छन् चीन र सी चिनफिङ
वाशिङ्टन डिसी । ज्याक सलिभान यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बनेयता यो सुलिभानको पहिलो चीन भ्रमण हो । दुवै देशले आपसी सम्बन्ध स्थिर बनाउन कोसिस गरिरहेका छन् ।
यस्तो अवस्थामा भएको यो भ्रमणमा उनले चिनियाँ विदेशमन्त्री वा यीसँग भेटवार्ता गर्ने बताइएको छ । गएको १६ महीनाको अवधिमा सुलिभान र वाङबीच चार पटक भेटवार्ता भएको छ । यी भेटघाटहरू भियना, माल्टा, वाशिङ्टन र बैंककमा भएका थिए । अन्तिम पटक भएको यी दुईको भेटघाट जनवरीमा केही बेरका लागि मात्रै बसेको थियो ।
यस हप्ताको वार्ता मंगलबार र बुधबार हुँदैछ । यसले बाइडेनको कार्यकालको केही महिना मात्रै बाँकी रहँदा उनको प्रशासनका लागि चीन र चिनियाँ राष्ट्रपति सि चिनफिङ अझै पनि महत्त्वपूर्ण रहेको देखाएको छ ।
ह्वाइट हाउसले सुलिभानको भ्रमणलाई अमेरिकी राष्ट्रपति निर्वाचनसँग जोड्ने कोसिस गरेको छैन । तर जुन समयमा उनको भ्रमण हुन लागेको छ त्यसलाई बेवास्ता भने गर्न नमिल्ने विश्लेषणहरू आइरहेका छन् । केहीले यसलाई बाइडेन र सीबीच अन्तिम पटक भेटवार्ताको जगको रूपमा हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण