श्रम मन्त्रालयले नीति निर्माण गर्दा भुइँमान्छेका मुद्दालाई प्राथमिकतामा राख्ने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले नीति निर्माण गर्दा भुइँमान्छेका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । वैदेशिक रोजगारीको लागत बढ्दै गएको र नेपालको श्रम बजारमा नेपाली श्रमिक समेत न्यून हुँदै गएको भन्दै मन्त्री भण्डारीले यस्ता विषयमा सोच विचार गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले मन्त्रालयको अबको कार्यदिशा रुपान्तरणकारी र उपलव्धिपूर्ण हुने प्रतिवद्धता जनाए । गन्तव्य मुलुकको आर्थिक उन्नतीमा प्रत्यक्ष योगदान गरेको श्रमिकको हक हितलाई गन्तव्य मुलुकले समेत ध्यान दिनुपर्ने बताए ।
‘नेपालमा होस् या विदेशमा होस्, जहाँ भएपनि नेपालीले न्यूनतम अन्तर्राष्ट्रिय मानवअधिकार प्राप्त गर्नुपर्छ । त्यसका लागि नेपालको न्यूनतम मापदण्ड हुनुपर्छ,’ मन्त्री भण्डारीले भने । विभिन्न कानुनी समस्याहरु रहे पनि नेपालीहरू अनाधिकृत रूपमा बसोबास गर्न नहुनेमा उनको जोड छ ।
यसका लागि नेपाल सरकारले श्रम स्वीकृतिलाई अभियानकै रुपमा अघि बढाएको बताए । कुनै कानुन नेपालीको हक र अधिकार प्राप्तिमा बाधक भएमा त्यस्ता कानुनहरु परिमार्जनमा मन्त्रालयले ध्यान दिने बताए । श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले श्रमिकको सम्मान, संरक्षण र मानव अधिकारलाई राज्यले सुनिश्चित गर्न मन्त्रालयले ध्यान दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण