मृत्युको हल्ला फैलिएपछि कलाकार अधिकारी : ‘म सकुशल घरमै छु’
काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।
‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, अधिकारीले रातोपाटीसँग भने, ‘म घरमै सकुशल छु ।’ कसरी र कसले यस्तो हल्ला फैल्यायो आफूले बुझ्न नसकेको उनको भनाई छ ।
‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्यो’ उनले थपे, ‘किन र कसले केका लागि हल्ला गर्यो । त्यो बुझ्न सकिन ।’
अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।
अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । अधिकारी फिल्म, टेलिफिल्मदेखि म्युजिक भिडियोसम्म छाउन सफल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण