कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा.९५ प ७६२५ नम्बरको स्कुटर लाई बा.प्र. ०१-००६ ख ४८७९ नम्बरको बसले ठक्कर दिएको हो ।
शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बा.५२ प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर उक्त बसमा ठक्कर खाई दुर्घटना भएको थियो । बस चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता प्युठानको झिमरूक गाउँपालिका-३ लामसेरास्थित सडकमा रा.१ त ५०५३ नम्बरको ट्याक्टर शुक्रबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल वतन नखुलेका १९ वर्षीय वीरेन्द्र बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण