हालान्डको लगातार दोस्रो ह्याट्रिक
आइतबार, १६ भदौ २०८१, ०६ : ४२
लन्डन । अर्लिङ हालान्डले लगातार दोस्रो ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शत प्रतिशत रेकर्ड कायम राखेको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–१ गोलले हराएको हो ।
खेलको १० औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले टोलीलाई अग्रता दिलाए । तर, रुबेन डियासले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम खेलमा फर्कियो ।
३० औँ मिनेटमा नर्वेजियन फरवार्डले पुनः सिटीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै हालान्डले टोलीको जित सुनिश्चित गरे ।
पछिल्लो खेलमा इपस्विचविरुद्ध पनि हालान्डले ह्याट्रिक गरेका थिए । ३ खेलमा हालान्डको यो सातौँ गोल थियो ।
सिटीका लागि उनले ११ वटा ह्याट्रिक गरिसकेका छन् । त्यस्तै, ६९ खेलमा व्यक्तिगत गोल सङ्ख्या ७९ पुर्याएका छन् । ३ खेलबाट ९ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण