विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । झापा, रुपन्देही र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
झापाको बिर्तामोड नगरपालिका–५ हिकोला मोडस्थित सडकमा प्र.१–०२–००२ ख ००३५ नम्बरको बसले प्र.१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपालिका–४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ कोठी पुलस्थित सडकमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । लुम्बिनीबाट कपिलवस्तुतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई शनिबार राती दुर्घटना हुँदा साइकल चालकको मृत्यु भएको हो ।
परिचय नखुलेका करिब २५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
उता कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडकमा भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सो सडक छेउमा रोकी राखेको ना.४ ख ९६३ नम्बरको ट्रकमा से.५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण