नेपालमा श्रमिकको अभाव रहेको भन्दै सरकारसँग गुहार
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले नेपालमा श्रमिकको अभाव देखिएको भन्दै त्यसको व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै महासंघले श्रमिकको अभाव व्यवस्थापन गरिदिन अनुरोध गरेको हो ।
मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढीलाई रोजगारी दिइरहेको महासंघको दाबी छ । वैदेशिक रोजगारीका लागि दैनिक सयौँ श्रमिकहरू विदेश गइरहेको बेला स्वदेशमा श्रमिकको अभाव रहेको महसंघको भनाइ छ ।
निर्माण व्यवसायका लागि आवश्यक श्रमिकको अभाव हुँदा भारत लगायतका देशबाट श्रमिकहरू ल्याउनुपर्ने बाध्यता रहेको महासंघका अध्यक्ष रबि सिंहले मन्त्री भण्डारीलाई बुझाएको पत्रमा उल्लेख छ ।
उक्त समस्या समाधानका लागि प्रभावकारी ढंगले तत्काल ठोस कदम चालिनुपर्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएकाहरूको वास्तविक लागत राखी उनीहरूको क्षमता तथा योग्यता अनुसार निर्माण व्यवसायमा आबद्ध गराउन समेत माग गरे । श्रमिकहरूका लागि राज्यले एकद्धार प्रणाली मार्फत तालिमको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।
महासंघले सुरु गर्न लागिएको तालिम केन्द्र सञ्चालनका लागि राज्यले आवश्यक सहयोगको व्यवस्था गर्न समेत माग गरे ।
विभिन्न पेसाका श्रमिकहरूलाई राज्यका विभिन्न निकायबाट दिइने तालिमलाई औपचारिकतामा सीमित नराखी अझ प्रभावकारी रूपमा एकद्वार प्रणाली मार्फत सञ्चालन गरिनुपर्ने महासंघको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण