ला लिगामा एम्बाप्पेको पहिलो गोल, रियल विजयी
सोमबार, १७ भदौ २०८१, ०५ : ५८
मड्रिड । स्पेनिस ला लिगामा एम्बाप्पले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा रियल २–० गोलले विजयी बन्यो ।
फ्रेन्च फरवार्डले खेलको ६७ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनलाई फेडेरिको भालभर्डेले गोलको अवसर सिर्जना गरे ।
त्यसपछि बेटिसका गोलकिपरले भिनिसियस जुनियरलाई लडाएपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरे । यूईएफए सुपरकपमा एटलान्टाविरुद्ध गोल गरेपछि एम्बाप्पेले ला लिगाका सुरुवाती तीन खेलमा गोल गर्नबाट चुकेका थिए ।
चार खेलपछि २ मा जित र २ मा बराबरीसहित रियल ८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको १२ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण