बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कान्स २०१८ः पारदर्शी पहिरनमा देखिइन् कंगना, यस्तो छ दीपिकाको लुक

शुक्रबार, २८ वैशाख २०७५, १० : ५९
शुक्रबार, २८ वैशाख २०७५

कंगनाले रनौतले मे १० तारिखमा कान्समा आफ्नो डेब्यू गरिन् । रेड कार्पेटमा वक गर्नका लागि उनले जुहैर मुरादको डिजाइनर हल्का खरानी रङको पारदर्शी गाउन चुने । उनले कपाललाई कर्ल गरेकी थिइन् भने कुनै गहनाबिना न्यूड मेकअपमा देखिइन् ।

९ मे ममा उनले इन्डियन पवेलियनमा अपियरेन्स दिएकी थिइन् । यतिबेला उनले सब्यसाची मुखर्जीको कालो साडी लगाएकी थिइन् ।

८ मे मा सोनम कपुरको रिसेप्सनमा सरिक भएपछि उनी कान्सका लागि प्रस्थान गरिन् ।

उक्त फिल्म फेस्टिबलको पहिलो पटक हिस्सा बन्ने उत्साहमा उनले भनेकी थिइन्, ‘इन्टरनेशनल लुकका साथै म भारतीय पहिरनमा पनि पुग्नेछु किनभने म आफ्नो देशको प्रतिनिधित्व गरिरहेकी छु ।’

अर्कातिर दीपिका पादुकोण पनि मे १० को रेड कार्पेटमा देखिइन् । उनले जुहेर मुरादको ह्वाइट गाउन लगाइन् । दुबैले बलिउड नायिका जुहेर मुरादको डिजाइन चुनेका हुन् ।

दीपिकाले सेतो पारदर्शी क्याप गाउन लगाएका थिए । उनले पनि कपाललाई कर्ल गरेकी थिइन् भने आफ्नो लुकलाई सिल्भर इयररिंग र न्यूड लिप कलरसँग म्याच गरिन् ।

दीपिका ११ तारिखको पनि रेड कार्पेटमा वक गर्नेछिन् ।

कान्सका  कारण उनी सोनमको विवाहमा पनि समावेश हुन पाइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप