इन्जिनमा समस्या देखिएपछि क्याथी प्यासिफिकले ग्राउन्डेड गर्यो एयरबस
हङकङ । हङकङको ध्वजाबाहक विमान सेवा प्रदायक क्याथी प्यासिफिकका दर्जनौं उडान रद्द भएका छन् । हङकङबाट स्वीटजरल्यान्डको जुरिखतर्फ गइरहेको एयरबस ए ३५० विमानको इन्जिनमा समस्या देखिएपछि कम्पनीले सो विमानलाई बिच बाटोबाटै फिर्ता बोलाएको थियो ।
यो घटनापछि कम्पनीले अहिले आफूले सञ्चालन गरिरहेको ४८ ओटै एयरबस ए३५० को निरीक्षण गरिरहेको छ । यस क्रममा केही विमानको इन्जिनमा समस्याग्रस्त पार्ट फेर्नु पर्ने पाइएको छ । यी विमानमा आफूले बनाएको ट्रेन्ट एक्सडब्ल्यूबी–९७ इञ्जिन भएको बेलायती इञ्जिनियरिङ कम्पनी रोल्स रोयसले बताएको छ ।
कम्पनीले फिर्ता बोलाएको विमानको इन्जिनमा देखिएको समस्या विश्वभर कुनै पनि एयरबस ए३५० विमानमा देखिएको यस्तो खालको पहिलो समस्या भएको क्याथी प्यासिफिकले भनेको छ । अहिलेसम्म आफूहरूले केही एयरबस ए३५० विमानको इन्जिनमा त्यस्तै खालको समस्या पहिचान गरेको कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ ।
स्पेयर पार्टस्को व्यवस्था गरेर फेर्ने काम भइरहेको पनि बताइएको छ । यसका लागि कयौँ दिनसम्म विमानहरू सर्भिसिङमा रहने भएकोले कम्पनीका कयौँ उडानहरू प्रभावित हुने क्याथी प्यासिफिकले भनेको छ । एयरबस ए३५०को निरीक्षण मंगलबार अबेरसम्म सम्पन्न हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण