सांसद पौडेलको प्रश्न : मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले एमबिबिएस परीक्षाको नतिजा किन रोल नम्बरको आधारमा कायम गरेको भनी प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उच्च शिक्षालाई सुधार गर्नुपर्ने चर्चा चलेका बेलामा गम्भीर गल्ती भएको बताए ।
‘चिकित्सा शिक्षा आयोगले १ भदौ लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा १४ भदौमा सार्वजनिक गर्यो । समान अङ्क प्राप्त गर्ने विद्यार्थीको योग्यता क्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने कायम गर्नुपर्ने किन रोल नम्बरको आधारमा भयो ?,’ उनको प्रश्न थियो ।
उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले र परीक्षा समितिले गम्भीर गल्ती गरेको बताए । यसमा आयोगले फेरि मानवीय गल्ती भएको भनी विज्ञप्ति निकालेकोप्रति उनले आपत्ति जनाए ।
‘मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?,’ उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था
-
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली