सांसद पौडेलको प्रश्न : मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले एमबिबिएस परीक्षाको नतिजा किन रोल नम्बरको आधारमा कायम गरेको भनी प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उच्च शिक्षालाई सुधार गर्नुपर्ने चर्चा चलेका बेलामा गम्भीर गल्ती भएको बताए ।
‘चिकित्सा शिक्षा आयोगले १ भदौ लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा १४ भदौमा सार्वजनिक गर्यो । समान अङ्क प्राप्त गर्ने विद्यार्थीको योग्यता क्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने कायम गर्नुपर्ने किन रोल नम्बरको आधारमा भयो ?,’ उनको प्रश्न थियो ।
उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले र परीक्षा समितिले गम्भीर गल्ती गरेको बताए । यसमा आयोगले फेरि मानवीय गल्ती भएको भनी विज्ञप्ति निकालेकोप्रति उनले आपत्ति जनाए ।
‘मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?,’ उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण