नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन
कञ्चनपुर । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो ।
टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुनः जाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिए ।
उनका अनुसार नापतौलका यन्त्रको प्रयोग प्रचलित कानुनको पालना गरी प्रयोग भए÷नभएकोबारे टोलीले अनुगमन पनि गर्नेछ । टोलीले मङ्गलबारदेखि झलारी बजारमा नापतौलका यन्त्रको अनुमति दिने र जाँच गर्ने कार्य गरेको छ ।
टोली प्रमुख जोशीले झलारी बजारका ४० बढी व्यापारीका नापतौल यन्त्र नवीकरण गर्नेसँगै पुनः जाँच गरिएको बताए । ढक, तराजुलगायत नापतौल यन्त्रमा सामान्य घटबढ देखिए पनि अनियमियता भएको नपाइएको उनले बताए।
उनका अनुसार सुनचाँदी, कलकारखाना, उद्योगले प्रयोग गर्ने नापतौलका यन्त्र एक वर्षभित्र र बाँकी अन्य व्यवासायीले प्रयोग गर्ने यन्त्र दुई वर्षभित्र नवीकरण र पुनः जाँच गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । “नयाँ नापतौलका यन्त्र ३५ दिनभित्र दर्ता गर्दा रु पाँचमात्रै शुःल्क तिर्नुपर्ने प्रावधान छ”, नापतौल कार्यालयका सहायक निरीक्षक जोशीले भने, “निर्धारित समयभित्र दर्ता नगराए रु एक हजारदेखि रु पाँच हजारसम्म शुःल्क तिर्नुपर्ने हुन्छ ।” नापतौलका यन्त्र दर्ता गर्ने प्रक्रिया, नवीकरण र पुनः जाँच गराउने कार्यसँगै कानुनी पक्षबारे व्यापारी व्यवसायीलाई सचेत पार्ने काम भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
-
गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना
-
वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण