सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । सङ्खुवासभा कास्की र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
सङ्खुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवास्थित सडकमा सिद्धपोखरीबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय लिला बहादुर तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका-१७ बिरौटास्थित सडकमा ग.१५ प ३२१ नम्बरको मोटरसाइकल गए राती दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका-१७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका-१४ आर्थर घर भएका २० वर्षीय विश्वास विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता मोरङको विराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाटस्थित सडकमा भट्टीमोडबाट जोगवनीतर्फ जाँदै गरेको को.२१ प ८९६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१ विजयपुर बस्ने २० वर्षीय सुशील कामतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण