जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीहरूले गर्नुपर्छ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले जलवायु परिवर्तनबाट जलवायु सङ्कटको स्थितिमा पुगेको भन्दै यी मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गरेको बताए । उनले जलवायु सङ्कटका एक मात्र कारकहरू दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू रहेको बताए । उनले अहिले श्रमिकहरू झनै सङ्कटमा परिरहेको बताए ।
उनले भने, ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ । जलवायु सङ्कट, जलवायु परिवर्तनको तहबाट जलवायु सङ्कटको तहमा पुगेका छौँ । त्यसले ढोका ढकढक्याउन थालेको छ । त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ । किनभने जलवायु सङ्कटका एक मात्र कारकहरू भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू हुन् । श्रमिकहरू झनझन सङ्कटमा पर्न थालेका छन् । जुन हिसाबले उत्पादनका ढाँचाहरू बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको सङ्गठित श्रम कमजोर हुँदै गएर मान्छेका आउट सोर्स माध्यमबाट, अरू विभिन्न ढङ्गले, प्रविधिमा लिड गर्ने कुराहरू छन् ।’
उपमहासचिव ज्ञवालीले २०६२/०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए । २० प्रतिशत गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरूले लिनुपर्ने बताए । उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण