युएई सरकारले दियो अवैध कामदारलाई घर फर्किन दुई महिनाको समय
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरूलाई स्वदेश फर्कन वा वैधानिक भई बस्न दुई महिनाको समय दिएको छ । सेप्टेम्बर १ तारिखदेखि अक्टोबर ३० तारिखसम्म लागू हुने गरी युएई सरकारले एम्नेष्टी आदेश जारी गरेको हो ।
विगतमा वर्किङ वा भिजिट भिसामा युएई गएर रन वे (भागेका) वा ओभर स्टे भई जरिवाना वा अध्यागमन समस्या रहेकाहरूलाई एमनेस्टीको सेवा लिन आग्रह गरेको छ ।
अबुधावीस्थित नेपाली राजदूतावासले त्यस्ता नेपालीहरूलाई नेपाल फर्किन वा वैध भई यूएईमै बस्न तोकिएको प्रक्रिया पुरा गर्न भनेको छ । तोकिएको प्रक्रिया पुरा गरेर वैधानिक रूपमा युएईमा नै रहन वा नेपाल गई पुनः युएई आउन सक्ने कानुनी आधार निर्माण गर्न दूतावासले अनुरोध गरेको हो ।
दूतावासले एम्नेष्टी कार्यक्रममा गैरआवासीय नेपाली संघ, युएईमा रहेका नेपालीका सामाजिक सङ्घसंस्था तथा सञ्चारकर्मीलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
विगतमा पनि युएई सरकारले अवैधानिक विदेशी लक्षित गरेर एम्नेष्टीका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । युएई अध्यागमनबाट प्रक्रिया पूरा गर्नेले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र पाउने छन् । तर, हवाई टिकट भने आफैँले व्यवस्था गर्नुपर्नेछ । एकतर्फी यात्रा अनुमति पत्र पाएकाले १४ दिनभित्र युएई छोड्नुपर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण