चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य लिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये ३० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत गर्ने लक्ष्य लिएको हो । मन्त्रालयका अनुसार २५ स्थानीय तहका १९ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भइसकेका छन् ।
सूचीकरण सम्पन्न भइसकेका स्थानीय तहमध्ये असोज मसान्तसम्म ५ वटा स्थानीय तहमा परिचय पत्र वितरणको पाइलटिङ्ग गरिएको छ । सूचीकरण सम्पन्न भइसकेका स्थानीय तहहरूमा पाइलटिङ्गको नतिजाका आधारमा क्रमशः वर्गीकरण सहितको परिचय पत्र उपलब्ध गराउँदै जाने मन्त्रालयले जनाएको छ ।
आगामी आर्थिक वर्षमा भित्रै सवै किसान सूचीकरण कार्य सम्पन्न गरी वर्गीकरण सहितको परिचय पत्र उपलब्ध गराउँदै कृषि विकासका कार्यक्रममा परिचय पत्र नम्बर अनिवार्य गर्ने व्यवस्था लागु मन्त्रालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण