बिहारका सांसदलाई नेपालबाट ज्यान मार्ने धम्की
पटना । बिहारको अररिया जिल्लाको भारतीय जनता पार्टी (बीजेपी)का सांसद प्रदीपकुमार सिंहलाई नेपालबाट फिरौती र ज्यान मार्ने धम्की आएको छ । उनलाई नेपालको फोन नम्बरबाट सो धम्की आएको भन्दै द न्यु इन्डियन एक्सप्रेसले समाचार छापेको हो । यस विषयमा सिंहले बुधवार प्रहरीमा उजुरी पनि दर्ता गराएका छन् ।
मोबाइल फोनमा फिरौतीको ठुलो रकम मागेर आफूलाई धम्की आएको र रकम नदिए आफ्नो ज्यान मार्ने भनिएको उनले उजुरीमा छन् । बारम्बार फोन गरेर दिएको धम्कीलाई उनले बेवास्ता गरेपछि आफ्नो मोबाइलमा धम्कीपूर्ण म्यासेज आउन सुरु भएको उनले बताए ।
उजुरी अररिया प्रहरीकहाँ दर्ता गराइएको छ । ‘मेरो मोबाइलमा पहिलो फोन अगस्ट २७ मा आएको थियो । तर मैले फोन उठाइन । त्यसपछि उनीहरूले मलाई अररिया जेलमा कैद ग्याङष्टर दिनेश राथोडको रिहाई सुनिश्चित गर्न भन्दै म्यासेज पठाए ।’
त्यसलगत्तै सिंहसँग फिरौती बापत १० लाख भारु मागियो । यस्ता म्यासेजहरूलाई आफूले बेवास्ता गर्ने भएपनि बारम्बार उस्तै खालको म्यासेज आउन थालेपछि आफू आत्तिएको र प्रहरीको सहयोग मागेको उनको भनाई छ । उनलाई धम्की दिने मान्छेले आफ्नो नाम विनोद राथोड बताएका छन् ।
यो आफ्नो अन्तिम चेतावनी भएको र सेकसम्म छिटै मेरो दाजु दिनेश राथोडलाई रिहा गर्नु भनेर धम्की आएको उनले भनेका छन् । यसो गर्न नसकेमा आफूलाई बम, गोली वा ग्रिनेड हानेर अररियामा जुनसुकै ठाउँमा मारिदिने भनेको पनि उनले बताएका छन् । आफूलाई विगतमा पनि दिनेश राथोड र उनका गुन्डाहरूले बारम्बार निशाना बनाएको सिंहको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण