कर्मचारीलाई ‘डेटिङ’का लागि बिदा
काठमाडौँ । ‘डेटिङ’का लागि अफिसले बिदा दिएको सुन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता यही नै हो । थाइल्याण्डको एक मार्केटिङ एजेन्सी ‘ह्वाइटलाइन ग्रुप’ ले आफ्ना कर्मचारीलाई यस प्रकारको बिदा घोषणा गरेको हो ।
‘टिन्डर लिभ’ अन्तर्गत सो कम्पनीले अनौठो बिदा दिएको भन्दै अहिले विश्वका विभिन्न मुलुकमा यसको चर्चा भइरहेको छ । सो कम्पनीका अनुसार यस्तो बिदाको उद्देश्य भनेकै कर्मचारीको खुसी बढाउनु हो ।
जुलाइदेखि डिसेम्बरसम्मको यो योजनामा कर्मचारीले कुनै पनि समय डेटिङका लागि बिदा लिन सक्नेछन् । यसरी बिदा लिएर डेटिङ जाने कर्मचारीलाई कम्पनीले नै खर्चको व्यवस्थासमेत गरिदिने भएको छ ।
तर यस्तो बिदा एउटा कर्मचारीले कति दिनसम्म पाउँछ भन्ने खुलाइएको छैन । कर्मचारीले यस्तो बिदाका लागि आवेदन दिनुभन्दा एक हप्ता अघि सूचना दिनुपर्ने छ । ‘लिङ्कडइन’ पोस्टमा कम्पनीले भनेको छ, ‘हाम्रा कर्मचारीले टिन्डर लिभको प्रयोग कसैसँग डेटिङमा जान प्रयोग गर्न सक्छन् ।’
एक कर्मचारीले डेटिङका लागि समय नपाएको गुनासो गरेपछि कम्पनीले यस प्रकारको योजना ल्याएको जनाइएको छ । प्रेममा रहँदा खुसी बढ्ने र यसको सकारात्मक प्रभाव उसको काममा पनि पर्ने भन्दै कम्पनीले आफ्ना कर्मचारीलाई यो अभियान अन्तर्गत प्रोत्साहन गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण