चीनको हाइनानमा एक दशकयताकै शक्तिशाली समुद्री आँधी
हाइनान । चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पछिल्लो एक दशकको सबैभन्दा शक्तिशाली समुद्री आँधीबाट प्रभावित भएको छ । आँधीका कारण यो क्षेत्रले विनाशकारी हावाहुरी र मुसलधारे वर्षाको सामना गरिरहेको छ।
सुपर टाइफुन यागी शुक्रबार स्थानीय समय अनुसार ४ बजे २२३ किलोमिटर प्रति घण्टाको रफ्तारका साथ हाइनान टापुको उत्तर-पूर्वमा रहेको वेनचाङ सहरमा प्रवेश गरेको थियो । ४६ जनाको ज्यान जाने गरी सन् २०१४ मा आएको राममासुनपछि हाइनानमा प्रवेश गर्ने यागी सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । चीनको मौसम एजेन्सीले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ।
यागीको आगमन अघि हाइनान टापुका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। रेल, डुङ्गा र उडानहरू निलम्बित गरियो भने स्कुलहरू बन्द गरियो ।
यस हप्ताको सुरुमा उत्तरी फिलिपिन्समा विनाश गरेपछि यागीको शक्ति दोब्बर भएको छ । यागी यो वर्षको अहिलेसम्मको दोस्रो सबैभन्दा शक्तिशाली पनि आँधी हो।
मौसमविद्हरूले यागीले चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पनि हाइनान र छिमेकी ग्वाङडोङमा ठुलो क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
यागी एक ‘अत्यन्त खतरनाक र शक्तिशाली’ सुपर टाइफुन भएको इन्डो-प्यासिफिक ट्रपिकल साइक्लोन वार्निङ सेन्टरले बिहीबार चेतावनी दिएको थियो। एक सुपर टाइफुन श्रेणी ५ हरिकेन बराबर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण