चीनको हाइनानमा एक दशकयताकै शक्तिशाली समुद्री आँधी

हाइनान । चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पछिल्लो एक दशकको सबैभन्दा शक्तिशाली समुद्री आँधीबाट प्रभावित भएको छ । आँधीका कारण यो क्षेत्रले विनाशकारी हावाहुरी र मुसलधारे वर्षाको सामना गरिरहेको छ।
सुपर टाइफुन यागी शुक्रबार स्थानीय समय अनुसार ४ बजे २२३ किलोमिटर प्रति घण्टाको रफ्तारका साथ हाइनान टापुको उत्तर-पूर्वमा रहेको वेनचाङ सहरमा प्रवेश गरेको थियो । ४६ जनाको ज्यान जाने गरी सन् २०१४ मा आएको राममासुनपछि हाइनानमा प्रवेश गर्ने यागी सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । चीनको मौसम एजेन्सीले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ।
यागीको आगमन अघि हाइनान टापुका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। रेल, डुङ्गा र उडानहरू निलम्बित गरियो भने स्कुलहरू बन्द गरियो ।
यस हप्ताको सुरुमा उत्तरी फिलिपिन्समा विनाश गरेपछि यागीको शक्ति दोब्बर भएको छ । यागी यो वर्षको अहिलेसम्मको दोस्रो सबैभन्दा शक्तिशाली पनि आँधी हो।
मौसमविद्हरूले यागीले चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पनि हाइनान र छिमेकी ग्वाङडोङमा ठुलो क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
यागी एक ‘अत्यन्त खतरनाक र शक्तिशाली’ सुपर टाइफुन भएको इन्डो-प्यासिफिक ट्रपिकल साइक्लोन वार्निङ सेन्टरले बिहीबार चेतावनी दिएको थियो। एक सुपर टाइफुन श्रेणी ५ हरिकेन बराबर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए