बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमानभन्दा धनी शाहरुखः फोर्ब्सको सूचीमा सबैभन्दा धेरै कमाउने शीर्ष १० सेलिब्रिटी

मङ्गलबार, ३० जेठ २०७४, १४ : २६
मङ्गलबार, ३० जेठ २०७४

फोर्ब्सले सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने सय सेलिब्रिटीको सूची जारी गरेको छ । यसमा बलिउड सेलिब्रिटीका शाहरुख खान, सलमान खान, अक्षय कुमार समावेश छन् । शाहरुख सबैभन्दा धेरै कमाई गर्ने भारतीय नायक हुन् । उनी ६५ औं स्थानमा छन् । यस्तै, सलमान ७१ मा छन् भने अक्षय ८० औं स्थानमा रहेका छन् । कमाईको मामलामा सलमान खान शाहरुखभन्दा ७ करोड भारु पछाडि छन् । १३० मिलियन डलरको कमाईसँगै गायक सिन ‘डिडि’ कम्स यो सूचीको शीर्ष स्थानमा छन् । यस्तै, गायक बियोन्से नोल्स दोस्रो र जेके रोलिङले तेस्रो स्थान ओगटेका छन् ।

Sean Diddyकमाईको मामलामा संसारभरीका शीर्ष १० कमाई गर्ने सेलिब्रिटीको सूची यस्तो छः

१. सिन कम्ब्स, १ सय ३० मिलियन डलर

२. बियोन्से नोल्स, १ सय ५ मिलियन डलर

३. जे.के रोलिङ, ९६ मिलियन डलर

४. ड्रेक, ९४ मिलियन डलर

५. क्रिष्टियानो रोनाल्डो, ९३ मिलियन डलर

६. द विकन्ड, ९२ मिलियन डलर

७. होवार्ड स्टर्न, ९० मिलियन डलर

८. कोल्डप्ले, ८८ मिलियन डलर

९. जेम्स प्याटरसन, ८७ मिलियन डलर

१०. लिब्रोन जेम्स, ८६ मिलियन डलर

फोर्ब्सले यो सूचीमा संसारभरीका सेलिब्रिटीको जून २०१६ देखि जून २०१७ सम्मको कमाई समावेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप