मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । चितवन र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.८ ख २८१८ नम्बरको कन्टेनर र बागमती प्रदेश ०६-००३ प ४८५१ नम्बरको मोटरसाइकल गए राती एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित सडकमा लु.१७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण