तेलको ट्याङ्कर पल्टिँदा नाइजेरियामा ४८ जनाको मृत्यु
सोमबार, २४ भदौ २०८१, १३ : ०७
नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो । इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको त्यहाँको विपद् एजेन्सीले भनेको छ । यो घटना आइतबार स्थानीय समयअनुसार मध्यराति भएको बताइएको छ ।
नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार ट्याङ्कर पल्टिएर विस्फोट भएपछि दुवै सवारी साधन आगोको चपेटामा आएको थियो । स्थिति नियन्त्रणमा लिन तत्कालै प्रतिक्रिया टोलीलाई घटनास्थलमा पठाइएको एजेन्सीका महानिर्देशक अब्दुल्लाही बाबा–अराहले भने । विस्फोटले अन्य केही सवारी साधनमा पनि क्षति पुर्याएको बताइएको छ । शव र मरेका बस्तुभाउ निकाल्ने र काम भइरहेको बताइएको छ । यस घटनामा मरेकाहरूलाई सामूहिक चिहानमा गाड्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण