उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिँदा हितकर हुन्छ : महेश बर्तौला
काठमाडौँ । सत्तापक्षका मुख्य सचेतक तथा एमाले सांसद् महेश बर्तौलाले उपसभामुख इन्दिरा रानालाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बर्तौलाले उपसभामुख रानाले पदीय आचरणविपरीत काम गरेको जिकिर गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुने बताएका हुन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा रानालाई हटाउनेबारे छलफल भएको विषयमा रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘माननीय उपभामुखबाट पद अनुकूल आचरण नभएको यथार्थ हो । उहाँले जुन ढङ्गले अमेरिकी दूतावासमा भिसाको डेटका लागि अनधिकृत पत्रचार गर्नुभयो । त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र मर्यादा उदाङ्गो भएको छ । संसदीय मर्यादा च्युत भएको छ । कूटनैतिक मर्यादालाई सामान्य रूपमा पनि ख्याल नगरेको देखिन्छ । यस मामिलामा उपसभामुख रानाले आफैले सोचेर राजीनामा दिनु बढ्ता हितकर हुन्छ ।’
सरकारले कुनै कदम चाल्ने भन्दा पनि उनले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बर्तौलाले दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण