केदारनाथ जाने बाटोमा पहिरो : पाँच जनाको मृत्यु, तीन बेपत्ता
नयाँ दिल्ली । भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए ।
घाइते अन्य तीन जनाको उद्धार गरिएको छ । पहिरोबाट ढुंगा खस्ने क्रम जारी रहँदा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । पहिरोमा अरू तीर्थयात्री पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाको जानकारी दिँदै यात्रुको सुरक्षाको कामना गरेका छन् । केही यात्रुहरू सोनप्रयाग–मुंकटिया (रुद्रप्रयाग) बिचको बाटोमा पहिरोमा पुरिएको भन्ने अत्यन्तै दुखद खबर प्राप्त भएको भन्दै उनले माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेका छन् ।
‘स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन् । म पनि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा छु र उद्धार कार्यको निगरानी गरिरहेको छु,’ उनले पोष्टमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण