केदारनाथ जाने बाटोमा पहिरो : पाँच जनाको मृत्यु, तीन बेपत्ता

नयाँ दिल्ली । भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए ।
घाइते अन्य तीन जनाको उद्धार गरिएको छ । पहिरोबाट ढुंगा खस्ने क्रम जारी रहँदा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । पहिरोमा अरू तीर्थयात्री पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाको जानकारी दिँदै यात्रुको सुरक्षाको कामना गरेका छन् । केही यात्रुहरू सोनप्रयाग–मुंकटिया (रुद्रप्रयाग) बिचको बाटोमा पहिरोमा पुरिएको भन्ने अत्यन्तै दुखद खबर प्राप्त भएको भन्दै उनले माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेका छन् ।
‘स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन् । म पनि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा छु र उद्धार कार्यको निगरानी गरिरहेको छु,’ उनले पोष्टमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी
-
आमा बनिन् अभिनेत्री रुविना थापा
-
बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, १६ बढी पसल जले
-
२८ दिनमा सकियो ‘मन बिनाको धन’ को सुटिङ
-
गण्डकीका दर्जनौँ कार्यालय खारेज गर्नुपर्ने अध्ययन समितिको सिफारिस, मुख्यमन्त्रीलाई बुझाइयो प्रतिवेदन