दोस्रो दिन पनि सुरु हुन सकेन न्युजिल्यान्ड–अफगानिस्तान टेस्ट
मङ्गलबार, २५ भदौ २०८१, १६ : ४१
काठमाडौँ । न्युजिल्यान्ड र अफगानिस्तानबिच भारतमा हुने भनिएको एक मात्र टेस्ट क्रिकेट दोस्रो दिन मंगलबार पनि सुरु हुन सकेन । उक्त टेस्ट सोमबार ग्रेटर नोयडामा सुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण पहिलो दिनको खेल रद्द भएको थियो ।
त्यसपछि दोस्रो दिन मंगलबारको खेल पनि खराब आउट–फिल्डका कारण रद्द गरिएको छ । मंगलबार वर्षा नभए पनि आउट–फिल्डको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अम्पायरले खेल रद्द गर्ने निर्णय लिएका हुन् ।
अब तेस्रो दिन बुधवार खेल सुरु हुने बताइएको छ । बुधवार नेपाली समय अनुसार, बिहान ०९ः१५ बजे टस हुने बताइएको छ । न्युजिल्यान्डको टोलीले भारतमा अफगानिस्तानसँग एक मात्र टेस्ट खेल्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
-
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
-
झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना
-
मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान
-
डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?
-
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर