केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी : मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन चलिरहेको जनाएको छ । रोजगार व्यवस्थापन महाशाखाका सचिव गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै केयरगिभरका लागि परेका केही आवेदकहरूले पेस गरेका कागजातमा कैफियत देखिएका जनाएका छन् ।
हाल कागजातहरू छानबिनको प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सकिएपछि मात्र थप प्रक्रिया अगाडि बढाइने बताए । नक्कली कागजात पेस गरेको भन्दै वैदेशिक रोजगार विभागले ५६३ वटा आवेदन रद्द गरेको थियो । त्यसपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरेर प्रतिवेदन बुझाई सकेको छ । छानबिनको क्रममा करिब १०० को हाराहारीका आवेदनमा केही कैफियत देखिएको छ । अब मन्त्रालयले यस विषयमा निर्णय गरेपछि मात्रै थप प्रक्रिया अगाडि बढ्नेछ ।
मन्त्रालयको छानविनकै क्रममा इजरायलले भने लक्की ड्र गरिसकेको छ । तर उक्त लक्की ड्रको सूची नेपाल पठाएको छैन । छानबिनकै क्रममा रहेको र उक्त छानबिन सकिएपछि मात्रै सूची नेपाल पठाउने इजरायलको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
-
उद्योगमन्त्री चौधरीको राजीनामाबारे मुख्यमन्त्री शाह भन्छन् – हामी छलफलमै छौँ