प्रतिनिधिसभा बैठक
माओवादी सांसद पौडेलको प्रश्न : शान्ति प्रक्रियालाई बिथोल्न खोजेको हो ?
बुधबार, २६ भदौ २०८१, १४ : २१
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विगत बल्झाएर शान्ति प्रक्रियालाई बिथोल्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्दलाई नहटाउने रुलिङ गरेपछि बोल्दै उनले कुन धारा र दफामा टेकेर हिंसा शब्दलाई रेकर्डमा राखेको भन्दै सभामुखलाई प्रश्न गरे ।
उनले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान बनेको र त्यो कार्यान्वयनमा रहेको र कुनै पनि दस्ताबेजमा जनयुद्धलाई हिंसात्मक नभनेको उल्लेख गरे ।
‘संविधानको कुन धारा उपधारामा उल्लेख गरिएको छ । हामी बहस गर्न तयार छौँ, संविधान विपरीत जाने छुट कसैलाई पनि छैन । सेना समायोजन भयो टीआरसी अघि बढ्यो हतियार व्यवस्थापन भयो‚’ उनले भने‚ ‘यो शब्द सच्याइयोस् । शान्ति प्रक्रियालाई बिथोल्ने प्रयास नहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण