प्रथम चरणको बन्द प्रशिक्षणका लागि क्यानद्वारा २९ सदस्यीय महिला टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० वर्ल्डकप एसिया क्वालिफायरलाई ध्यानमा राखी प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २९ सदस्यीय टोलीको घोषणा गरेको छ ।
प्रथम चरणको १५ दिने बन्द प्रशिक्षण शिविर भदौ ३० गतेदेखि दाङको लमहीमा सुरु हुने क्यानले जनाएको छ । प्रथम चरणको बन्द प्रशिक्षणका लागि घोषित टोलीमा सोनी पाख्रिन, ऐली यादब, मनिषा उपाध्याय, करिश्मा गुरुङ र बिपिसा शाही रहेका छन् ।
यसैगरी, टोलीमा पूजा साउद, सना प्रविन, प्रतिमा साह, स्नेहा महरा, सावित्रा धामी, अनु कठायत, मनिषा बोहरा, करिश्मा थापा, रविना साउद, किरणकुमारी कुँवर, तिर्सना विक, रिया शर्मा र एलिसा कुमारी यादब पनि रहेका छन् ।
प्रथम चरणको बन्द प्रशिक्षणका लागि घोषित टोलीमा टोलीमा भवानी कामती, आरती महतो, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, निरु जीटी, आश्मा मगर, सरिना थापा, ज्योत्सनिका मरासिनी, रचना चौधरी र सुस्मिता भुसालले पनि स्थान पाएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण