शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति
काठमाडौँ । नेपालमै ईन्टर्नसीपको माग गर्दै आएका मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् । बंगलादेशमा मेडिकल शिक्षाको कोर्स पुरा गरेर नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गर्दै आएका उनीहरू शिक्षा मन्त्रालयको सूचनापछि आक्रोशित बनेका हुन् ।
बंगलादेशमा कोटा विरोधी आन्दोलनका कारण इन्टर्नसीप गर्न नपाएर नेपाल फर्किएका करिब अढाई सयको हाराहारीमा रहेका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए । तर, शिक्षा मन्त्रालयले बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसीप गर्नुपर्ने भन्दै सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोधमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
एसोसिएसनका अध्यक्ष डाक्टर नवीन यादवले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको मेडिकल एण्ड डेन्टल काउन्सिललाई सोधिएको प्रश्नप्रति आपत्ति जनाए ।
बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् । विदेशी विद्यार्थीहरूले त्यही स्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने छ भनिएको छ । उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने कि न मिल्ने ? प्रश्नको जवाफ देखिएन, यसबाट प्रष्ट हुन्छ हाम्रो समन्वय, कूटनीतिक कति कमजोर छ भनेर, विज्ञप्तिमा उल्लेख छ ।
छिमेकी देश भारत, पाकिस्तान लगायत विभिन्न देशका विद्यार्थीहरूले बंगलादेशमा अध्ययन गरेपनि आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने प्रावधान रहेको तर, नेपाली विद्यार्थीहरूले नपाउने हुन नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण