धार्मिक सहिष्णुता र सद्भाव नै नेपालको परिचय हो : उपराष्ट्रपति यादव
बुटवल। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक सहिष्णुता र सद्भाव नै नेपालीको परिचय भएको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आज ओलमा काउन्सिलले आयोजना गरेको धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।
यादवले विश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाको रूपमा चिनिएको बताउँदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । सत्यको पालन गर्नुपर्ने र इमानदारीका साथ जीवन निर्वाह गर्नुपर्ने उनको भनाई थियो । उनले सामाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रूपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गरे ।
१४९९ औँ मोहम्मद जयन्तीको अवसर पारेर हिन्दु, इस्लाम, बौद्ध, क्रिस्टियन लगायतका धर्मगुरु सहभागी सम्मेलनमा देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले बताए । सम्मेलनमा सहभागी धार्मिक गुरुहरूले एक धर्मले अर्को धर्मलाई सम्मान गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण