बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह पछि सोनम–आनन्दको पहिलो फोटोः अनुष्का– विराटको नक्कल गरेको भन्दै ट्रोल

आइतबार, ३० वैशाख २०७५, ११ : ३२
आइतबार, ३० वैशाख २०७५

सोनम कपुरले मे ८ तारिखमा प्रेमी आनन्द अहूजासँग विवाह गरिन् । आनन्दले विवाहपछि आफ्नो पहिलो फोटो इन्टाग्राममा सेयर गरेका छन् जसमा यो जोडीले रोमान्टिक पोज दिएका छन् । फोटो सेयर गर्दै उनले लेखे, ‘ Its wonderful to be loved, It’s profound to be understood.’ ।

फोटोमा आनन्द र सोनम कपुर एकअर्कालाई अँगालो हालिरहेको देखिएका थिए । यो फोटोका कारण सोसल मिडिया प्रयोगकर्ताले नव विवाहित दम्पतीको ट्रोल गरिरहेका छन् ।

सोसल मिडिया प्रयोगकर्ताले यी जोडीले विरोट कोहली र अनुष्का शर्माको नक्कल गरेको बताएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘डूड आफ्नो स्टाइल बनाउ, उनीहरुको नक्कल नगर ।’

अर्काले लेखे, ‘यो तस्बिर कतै देखेको जस्तै लाग्यो ।’

वास्तवमा अनुष्का शर्माले हनिमूनको क्रममा विराट कोहलीसँग यस्तै तस्बिर खिचाएकी थिइन् ।   

आनन्दले रिसेप्शनको पनि फोटो सेयर गरेका छन् जसमा यो जोडी सँगै नाचिरहेको देख्न सकिन्छ ।

यसकारण हामी हनिमूनमा गएनन् जोडीः

सोनम पछिल्लो थुप्रै हप्तादेखि विवाहको तयारीका कारण व्यस्त थिइन् । विवाह अघि उनले थुप्रै व्ययवसायिक काममा हात हालेकी थिइन् जसका कारण उनको हनिमून तत्काल हुन सकेन ।

उनी व्यस्त हुने सबैभन्दा ठूलो कारण ७१ औं कान्स फिल्म फेस्टिबल वनि हो जो १९ मेसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप