आईसीसीको अम्पायर्स प्यानलमा पर्ने पहिलो पाकिस्तानी महिला बनिन् सलिमा इम्तियाज
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानकी सलिमा इम्तियाजले इतिहास रचेकी छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अन्तर्राष्ट्रिय अम्पायर्स प्यानलमा परेकी छन् । आईसीसीको अन्तर्राष्ट्रिय प्यानलमा पर्ने उनी पहिलो पाकिस्तानी महिला बनेकी छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आइतबार यो जानकारी सार्वजनिक गरेको हो । अब सलिमा इम्तियाजले आईसीसीअन्तर्गत सञ्चालन हुने महिलाको अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्न पाउने छिन् । ‘यो मेरोमात्र सफलता होइन । पाकिस्तानका हरेक महत्वाकांक्षी महिला क्रिकेटर र अम्पायरका लागि पनि महत्वपूर्ण उपलब्धि हो,’ पीसीबीद्वारा जारी गरिएको भिडियो सन्देशमा सलिमा इम्तियाले भनेकी छन्, ‘मेरो यो सफलताले खेलकुद क्षेत्रमा समाहित भएका सम्पूर्ण महिलालाई प्रोत्साहित गर्नेमा म विश्वस्त छु ।’
सलिमा इम्तियाज सन् २००८ मा पीसीबीको महिला अम्पायर प्यानलमा सहभागी भएकी थिइन् । उनले करिब तीन वर्षदेखि एसियाली क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित प्रतियोगिताहरुमा अम्पायरको भूमिका निर्वाह गर्दै आएकी छन् । सलिमा इम्तियाजकी छोरी कायनात इम्तियाज पनि क्रिकेट खेलाडी हुन् । उनी पाकिस्तानी टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छिन् । कायनात इम्तियाजले हालसम्म ४० वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् ।
कायनातले पाकिस्तानका लागि १९ वटा महिला एकदिवसीय र २१ वटा महिला टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । तिब्रगतिकी बलर कायनातले एकदिवसीयको १६ पालीमा १० विकेट र टी–२० अन्तर्राष्ट्रियको १२ पालीमा आठ विकेट लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण