अवधि पूरा नहुँदै काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा
आइतबार, ३० भदौ २०८१, २१ : ०३
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले अवधि नपुग्दै उनको सरुवा गरेको हो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईलाई काजमा ल्याइएको छ ।
सरकारले ४० सहसचिवको सरुवा गर्ने क्रममा परियारको पनि सरुवा गरेको हो । उनी ८ महिना अघि काठमाडौँ महानगरमा सरुवा भएर आएका थिए ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा २ वर्षसम्म एउटा कार्यालयमा काम गर्न दिइने अभ्यास भएपछि परियारको छोटो समयमै सरुवा भएको हो । युवा र कार्यक्षमता अब्बल मानिएका सहसचिव परियारको सरुवालाई अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण