दुर्घटना
सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन घाइते
बुधबार, ०२ असोज २०८१, ११ : ५४
काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङ प्रहरीका अनुसार बेपत्ता हुनेमा ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिकाका सञ्जय बुढा र सोही ठेगाना भएका लोकेन्द्र घर्ती रहेका छन् ।
ट्याक्टर खसेर सेतीमा ट्याक्टर खस्दा घाइते भएका जाजरकोट त्रिवेणी नलगाडका हेमराज विक, तपेन्द्र विक र नीरज विकको स्थानीय अस्पतालमा उपचारपछि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण